सियोल – गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरियाको आयोजनामा डलर खाता, लगानी र क्रिप्टोकरेन्सी लगायतका विषयमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
एनसिसी कोरियाले ‘नेपालमा सुरक्षीत लगानीको अवस्था र सम्भावना, डलर खाता र वैधानीक रेमिट्यान्सको महत्व, क्रिप्टोकरेन्सीमा लगानी र देशको अर्थतन्त्रमा पार्ने प्रभाव’ लगायतका विषयमा अन्तरक्रिया गर्न लागेको हो ।
कार्यक्रममा अर्थ मन्त्री जनार्दन शर्मा (प्रभाकर), नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थ मन्त्रालयका सचिव मधु मरासिनीले सम्बोधन गर्नुहुनेछ ।
‘श्रमको सम्मान, श्रमिकलाई बित्तिय ज्ञान’ भन्ने मुल नारा तय गर्दै आयोजित कार्यक्रम जुम मार्फत भर्चुअल रुपमा हुनेछ । कार्यक्रम यही आउँदो शनिवार अर्थात फेब्रुअरि १२ तारिख कोरियन समय बेलुकी ठिक ८ बजे हुनेछ ।
एनसिसी कोरियाका अध्यक्ष दिपक पुन मगरले कार्यक्रममा सहभागिताका लागि कोरियामा रहनु भएका नेपालीहरुमा आग्रह गर्नु भएको छ । पुनले कार्यक्रमबाट श्रम, ब्यापार, अध्ययन एबं बिभिन्न सिलसिलामा बसोबास गरिरहेका नेपालीहरु लाभान्वित हुने विश्वास ब्यक्त गर्नु भयो ।
प्रकाशित | २६ माघ २०७८, बुधबार २०:०१