गैर आवासीय नेपाली नागरिकतालाई छुट्टै विधेयक बनाएर पारित गरिदिन माग गर्दै ज्ञापनपत्र

काठमाडौं – गैर आवासीय नेपाली नागरिकतालाई छुट्टै विधेयक बनाएर छिटो पारित गर्न माग गर्दै प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)को ध्यानर्कषण गरिएको छ ।

एनआरएनएको नवनिर्वाचित कार्यसमितिले आज प्रधानमन्त्री देउवा र पचण्डसँग छुट्टा छुट्टै भेटघाट गर्दै नेपालको संविधान २०७२ मा ब्यवस्था भएको गैर आवासीय नेपाली नागरिकतालाई छुट्टै विधेयक बनाएर यथासक्दो छिटो पारित गरिदिन ध्यानर्कषण गराएको हो ।

एनआरएनए अध्यक्ष कुल आचार्य, रविना थापा र डा.बद्री केसीसहितको नवनिर्वाचत कार्यसमितिको टोलीले कम्तिमा १० अर्बको एनआरएन डेभलपमेन्ट फण्ड सम्बन्धी भएका बाधा अड्चन फुकाई सहजीकरण गरिदिन पनि आग्रह गरिएको छ ।

त्यस्तै, वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण सटहीमा प्रति डलर २ पैसा संघको वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्न सहजीकरण गरिदिन, एक सय रुमको आधुनिक सुविधा सम्पन्न वृद्धाश्रम निर्माणको लागि आवश्यक जग्गा उपलब्ध गराईदिन, वैदेशिक रोजगार सामाजीक सुरक्षा कार्यक्रम संचालनमा ल्याउनका लागि पहल गरिदिन पनि माग गरेको छ ।

त्यस्तै, नेकमा माआवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) सँग पनि भेटघाट गर्दै एनआरएनए टोलीले नागरिकता, वैदेशिक रोजगारीका समस्या, एनआरएन फण्डलगायतका विषयमा ध्यानर्कषण गराउँदै ज्ञापनपत्र बुझाएको छ ।

सो अवसरमा अध्यक्ष प्रचण्डले गैर आवासीय नेपाली संघ एकजुट भएकोमा आफू एकदम खुसी भएको बताउनु भयो ।

‘यो एनआएनएको होइन, यो नेपाली जनताको एकतालाई तपाईंहरूले दिएको सन्देश हो । नेपालीहरूले अप्ठ्यारोको बीचमा पनि नेतृत्व क्षमता राख्छन् भन्ने सन्देश यसमा छ’, उहाँले भन्नु भयो । प्रचण्डले एनआरएन नागरिकता र विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था दिलाउने बाटो खोजी भइरहेको बताउनु भयो ।


प्रकाशित | १५ चैत्र २०७८, मंगलवार २०:४८