गफ होइन हामी काम गरेर देखाउँछौँ : मन्त्री झाँक्री

काठमाडौँ- नेपाल सरकारकी सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकासमा काम भन्दा बढी प्रचार गरिने प्रवृत्तिको अन्त्य गर्दै आफ्नो पार्टीले काम नै गरेर देखाउने बताउनुभएको छ। शनिबार गृह जिल्ला गुल्मीको नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सो पार्टी सचिव समेत रहेकी झाँक्रीले यस्तो बताउनुभएको हो।

उहाँले भन्नुभयो, गुल्मीको हकमा पनि विकासभन्दा गफ बढी हुने गरेको छ । अब हामी जिल्लाको विकासमा गफ कुनै प्रचार होइन कामै गरेर देखाउँछौ । हेर्नुस् त यो सदरमुकाममा हजारौँ मान्छे अट्न सक्ने सभा हल छैन । यसर्थ विशाल सभा हल बनाउने प्रक्रियामा छौँ । सदरमुकाम जस्तो ठाउँमा सार्वजनिक शौचालय छैन । सडक खाल्डाखुल्डी छन् त्यसका लागि रकम स्वीकृत भैसकेको छ ।


प्रकाशित | १२ चैत्र २०७८, शनिबार १९:०१