डलरको मूल्य घट्यो : यस्तो छ आजको विदेशी मुद्राको विनियम दर

काठमाडौं: आज डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकले (बैशाख २०) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ६८ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ २८ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ०५ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ७३ पैसा रहेको छ ।  बिहीबार बैशाख १९ गते भने एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ तोकीएकोमा बिक्री मूल्य १११ रुपैयाँ ६० पैसा रहेको थियो भने एक युरोको खरिददर १२४ रुपैयाँ ७५ पैसा रहेकोमा बिक्रिदर १२५ रुपैयाँ ४२ पैसा रहेको थियो ।

आज  एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ४४ पैसा र बिक्रिदर १४५ रुपैयाँ २३ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ९३ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९८ पैसा रहेको छ ।


प्रकाशित | २० बैशाख २०७६, शुक्रबार ०९:३९