चलचित्र ‘जात्रै जात्रा’ १०० भन्दा बढी हलमा प्रदर्शन

काठमाडौं : चलचित्र जात्रै जात्रा देशव्यापी सिनेमा हलमा रिलिज भएको छ । भएको छ । देशभरिका १०० भन्दाबढी हलमा यो चलचित्र प्रदर्शन भइरहेको छ । चलचित्र प्रदीप भट्टराईले निर्देशन गर्नुभएको छ । यो चलचित्रमा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा, कविन्द्र त्रिपाठी लगायतको अभिनय छ ।

काठमाडौंको असन र बौद्धक्षेत्रमा छायाँकन गरिएको यो चलचित्रलाई प्रदीप भट्टराईले नै लेखेका हुन् । रविन्द्र सिंह बानियाँ, सिंगे लामार यादब पौडेलले जात्रै जात्रा निर्माण गरेका हुन् । शिबराम श्रेष्ठको छायाँकन, मित्र देब गुरुङको सम्पादन रहेको छ । निर्देशक प्रदिप भट्टराईका अनुसार यो चलचित्र शुक्रबारबाट मुलुकका एक सय भन्दा बढी सिनेमा हलमा रिलिज भएको हो । यो चलचित्र हास्य प्रधान रहेको छ । सुन तस्करीको बिषयमा आधारित आफ्नो फिल्म समसामयिक कथामा केन्द्रित रहेको पनि निर्देशक भट्टराईले जानकारी गराउनुभयो ।


प्रकाशित | ४ जेष्ठ २०७६, शनिबार ११:४६