एनआरएनएको नेतृत्व आलोपालो गर्ने गरि केसी, आचार्य र थापाबीच सहमति (विज्ञप्तिसहित)

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन तथा निर्वाचन आम सहमतिमा गर्ने समझदारी बनेको छ । एनआरएनए नेतृत्वको दावी गर्दै आउनु भएको डा. बद्री केसी, कुल आचार्य र रविना थापाबीच आलोपालो नेतृत्व गर्ने गरि आम सहमतिमा महाधिवेशन सम्पन्न गर्ने समझदारी बनेको हो ।

एनआरएनए अध्यक्ष कुमार पन्त, संरक्षक रामप्रताप थापा, सल्लाहकार टिवी कार्कीलगायतको उपस्थितिमा केसी, आचार्य र थापाले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी १० औं महाधिवेशन सहमति प्रणालीबाट संघको नेतृत्व गर्ने गरि महाधिवेशन सम्पन्न गर्ने सहमति भएको घोषणा गर्नु भएको हो । 

विज्ञप्तिमा सहमतिलाई कार्यान्वयन गर्न १० औं महाधिवेशनबाट विधानमा आवश्यक संशोधन गर्ने प्रस्ताव लग्ने उल्लेख छ ।

संयुक्त रुपमा जारी गरिएको प्रेस विज्ञिप्तमा भनीएको छ, ‘वास्तावमा गैर आवासीय नेपाली संघ केवल संस्था मात्र होइन, यो विश्व भरि रहेका हामी सम्पूर्ण गैर आवासीय नेपालीहरुको एउटा प्रवित्र मन्दिर हो, हामी सबैको साझा आस्था, विश्वास र अभियान हो । हामी सम्पूर्ण गैर आवासीय नेपाली प्रवित्र मन्दिर गैर आवासीय नेपाली संघलाई हामीले थप सम्मानित, मर्यादित, र प्रतिष्ठित बनाउने सर्वाजनिक संकल्प पनि गर्न चाहान्छौ, संयुक्त रुपमा जारी गरिएको प्रेस विज्ञिप्तमा भनीएको छ ।’

त्यस्तै,’अहिलेको विषय असाधारण परिस्थितिमा विगतका सबै असमझदारी, बहस र विवादलाई बिर्सेर संघको एकतालाई अक्षुण्णा राख्नका लागि सहमतिको आधारमा दशौं महाधिवेशन गर्नु भन्दा अर्को श्रेष्ठ विकल्प थिएन । त्यसैले संघको विधान अनुसार अध्यक्ष कुमार पन्तको आह्वानमा यही मार्च २४ २५ मा आयोजना गरिएको विधान सम्मत दशौं महाधिवेशनमा सहभागि हुन महाधिवेशनका सम्पूर्ण डेलिगेट्सहरु तथा संसारभरि रहेका सम्पूर्ण गैर आवासीय नेपाली बुबा, आमा, दाजु भाई तथा दिदी बहिनीहरुलाई हार्दिक अनुरोध गर्दछौ’, विज्ञप्तिमा भनीएको छ ।

त्यस्तैगरि विज्ञप्तिमा गैर आवासीय नेपाली संघलाई एक स्वतन्त्र, स्वायक्त, गैरराजनीतिक, सामाजीक तथा परोपकारी संस्थाको रुपमा अक्षुण राख्दै महाधिवेशन सम्पन्न गर्न सहयोग गर्न पनि आग्रह गरिएको छ ।

 


प्रकाशित | ८ चैत्र २०७८, मंगलवार ११:४२