भूकम्पपछिको पुनःनिर्माण सक्न अझै २० महिना लाग्ने

काठमाडौं: राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणको बाँकी काम तोकिएको समयभित्रै सम्पन्न गर्ने प्रतिवद्धता जनाउँदै अबको २० महिनापछि सबै पुन निर्माण सकिसक्ने बताएको छ । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ४ वर्ष अघि गएको विनाशकारी भूकम्पको स्मृतिमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले पुनःनिर्माणको बाँकी काम तोकिएको समय भित्रै सम्पन्न गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको हो ।  सचिव कार्कीले करिव ४ लाख निजी आवास पुनःनिर्माणको काम सकिएको र ३ लाख भन्दा बढि पुननिर्माणको काम सकिने चरणमा रहेको समेत जानकारी गराउँदै अबको २० महिनाभित्र सम्पूर्ण पुननिर्माणको काम सक्ने लक्ष्य रहेको बताउनुभयो ।


प्रकाशित | १२ बैशाख २०७६, बिहीबार १७:३४