मौसम पूर्वानुमान : देशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ लगायत देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । सोमबार देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मंगलबार देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा सामान्यतया सफा रहने छ।

प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यस्तै बुधबार प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागका केहि स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।


प्रकाशित | ७ चैत्र २०७८, सोमबार ०८:४५