यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ ९८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५८ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


प्रकाशित | ६ चैत्र २०७८, आईतवार १२:४५