लमजुङका सात स्थानीय तहलाई जलविद्युत रोयल्टीबापतको रकम प्राप्त

लमजुङ– लमजुङका सात स्थानीय तहले आर्थिक वर्ष ०७७\०७८ को जलविद्युत रोयल्टीबापतको रकम पाएका छन् । सात पालिकाले आर्थिक वर्ष ०७७\०७८ को दुई करोड ९० लाख ९६ हजार रुपैयाँ रोयल्टी पाएका हुन् । महालेखा नियन्त्रकको कार्यालयले चालू आर्थिक वर्षमा सवैभन्दा धेरै विद्युत रोयल्टी मर्स्याङ्दी गाउँपालिकाले पाएको जनाएको छ ।

मर्स्याङ्दी गाउँपालिकाले एक करोड ४९ लाख २१ हजार १ सय १६ रुपैया ८ पैसा विद्युत रोयल्टी पाएको छ । जिल्लाको सदरमुकामसमेत रहेको बेसीसहर नगरपालिकाले ७१ लाख ९३ हजार ८ सय ८१ रुपैयाँ ३८ पैसा, सुन्दरवजार नगरपालिकाले ३९ लाख २१ हजार एकसय ७४ रुपैयाँ ३३ पैसा, दोर्दी गाउँपालिकाले १४ लाख २५ हजार एकसय ६३ रुपैयाँ ९६ पैसा र क्व्होलासोँथार गाउँपालिकाले ८ लाख ९ हजार ४ सय २२ रुपैयाँ ११ पैसा पाएको छ ।

राइनास नगरपालिकाले पाँच लाख ६३ हजार ८ सय ७२ रुपैया २७ पैसा पाएको छ भने विद्युत रोयल्टी प्राप्त गर्ने पालिकामध्ये मध्यनेपाल नगरपालिकाले सबैभन्दा कम दुई लाख ६१ हजार ५ सय ४३ रुपैया ११ पैसा पाएको छ । देशभरका एक सय २० वटा पालिकाले जलविद्युत रोयल्टीबापत ७० करोड ६७ लाख १७ हजार पाएका छन् । महालेखा नियन्त्रक कार्यालयका अनुसार गण्डकी प्रदेशले २२ करोड ८५ लाख १९ हजार रुपैयाँ पाएको छ ।

 

 

 

 

 


प्रकाशित | २० माघ २०७८, बिहीबार १३:०९