शीर्ष १० भित्र पर्दै कांग्रेस केन्द्रीय सदस्यमा शंकर भण्डारी निर्वाचित

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा शीर्ष १० भित्र पर्दै शंकर भण्डारी निर्वाचित हुनु भएको छ । तरुण विभागको प्रमुख समेत रहनु भएको भण्डारी युवाहरुमाझ लोकिप्रय हुनुहुन्छ । तनहुँ जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने भण्डारी शीर्ष १० भित्र पर्न सफल हुनु भएको हो ।

केन्द्रीय सदस्यमा डा. शशांक कोइरालाले सर्वाधीक मत पाउनु भएको छ भने त्यसपछि एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्कीले मत पाउनु भएको छ । भण्डारी आठौ स्थामा पर्नु भएको छ त्यसपछि जिपछिरिङ लामा र अर्जुननरसिंह शीर्ष १० भित्र समेटीनु भएको छ ।

कांग्रेसको विधान अनुसार खुल्लातर्फ ३५ जना निर्वाचित हुने प्रावधान छ । ३५ जनाका लागि ९९ जना प्रतिस्पर्धामा थिए ।


प्रकाशित | ४ पुष २०७८, आईतवार २०:४३