एनआरएनए युवा उपाध्यक्षमा पुनः उम्मेदवारी दिने तयारीमा रोशन थापा

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) युवा उपाध्यक्ष रोशन थापाले पुनः सोही पदमा उम्मेदवारी दिने तयारी थाल्नु भएको छ । संघको ११ औं महाधिवेशन थापाले पुन सोही पदमा उम्मेदवारी दिने तयारी थाल्नु भएको हो ।

अफ्रीका तथा जापानमा व्यवसाय गर्दै आउनु भएका थापाले एनआरएन अभियानलाई नजिकबाट बुझ्नु भएको छ । यसअघि गैर आवासीय नेपाली संघ ताम्जिानियाको दुई कार्यकाल अध्यक्ष र एनआरएनए अफ्रीका क्षेत्रीय संयोजकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु भएको थियो ।

जापानको एदोगावा विश्वविद्यालयबाट आइटी म्यानेजमेन्टमा स्नातक सम्मको डिग्री हासिल गर्नु छ । युवाहरु माझ निकै लोकप्रिय रहनु भएको थापाले युवाहरुका मुद्दालाई संस्थागत गर्नका लागि पुन सोही पदमा उम्मेदवारी दिन लागेको जानकारी गराउनुभयो ।


प्रकाशित | २५ श्रावण २०८०, बिहीबार २२:२०