उपत्यकामा १ हजार ६३८ सहित एकै दिन २ हजार ७२२ कोरोना संक्रमित थपिए

काठमाडौं : नेपालमा एकै दिन २ हजार ७२२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको कूल संख्या ८२ हजार ४५० पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १४ हजार ७३९ जनाको पिसिआर परिक्षणमा २ हजार ७२२ जनालाई संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा ३ हजार ३०७ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ६० हजार १९६ पुगेको छ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ पुगेको छ । होम आइसोलेशनमा ११ हजार ७६० जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ९ हजार ४७४ जना संस्थागत आइसोलेशनमा रहेका छन्।

२४ घण्टामा काठमाडौं उपत्यकामा १६३८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनालाई  कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या २६ हजार ७४१ पुगेको छ। 

मन्त्रालयका अनुसार अहिले चार हजार ८८५ जना क्वारेन्टाइनमा रहेका छन् । शुक्रबार थप ११ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।


प्रकाशित | १६ आश्विन २०७७, शुक्रबार १६:३७