एनआरएनए विभाजन रोक्न पहल गरिदिन भन्दै सयौ अभियन्ताले पठाए प्रधानमन्त्री देउवालाई पत्र

काठमाडौं – ‘एनआरएनए अभियानलाई एकताबद्ध गरौ, विभाजनका लागि गरिने सबै खालका गतिविधि बन्द गरौ’ भन्दै एनआरएन अभियन्ता तथा विश्वभरिका नेपाली जनसम्पर्क समितिहरुले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सक्षम लिखित पत्र पठाएका छन् ।

प्रधानमन्त्री देउवालाई पठाइएको पत्रमा सयौ अयिभन्ता र विश्वभरि रहेका जनसम्पर्क समितिका सभापतिदेखि विभिन्न पदमा आसिन ब्यक्तीहरुको नाम पनि उल्लेख छ ।

पत्रमा विश्वभरिका सयौ एनआरएन अभियन्ताहरुले एनआरएनएको १० औं महाधिवेशनका लागि छनौट गरिएका प्रतिनिधि विषयमा विवाद उत्पन्न भई पछिल्लो समय प्रवासमा बस्ने लाखौ नेपालीहरुको आस्थाको केन्द्रमा रहेको संस्था विभाजित हुने र संस्थाको गरिमालाई ध्वस्त पार्ने जस्ता गतिविधि भईरहेको भन्दै संस्थाको स्वार्थलाई सर्वोपरि ठानी संस्था बचाउनु पर्छ भन्ने अभियानमा सहयोग पुर्याउन हुन आग्रह गरिएको छ ।

प्रधानमन्त्री देउवालाई पठाइएको पत्रमा एनआरएनएको तर्फबाट हालसम्म भए गरेका राम्रा र नराम्रा गतिविधिको जिम्मेवारी नवौ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले लिनुपर्ने र १० औं विश्व सम्मेलन र अधिवेशन समयमा सम्पन्न गर्न गराउन वातावरण तय गर्न नसकेको प्रति आम गैर आवासीय नेपालीको बिचमा आत्माआलोचना गर्दै सबै पक्षलाई एकताको वातावरण तयार गर्न नेतृत्व क्रियाशील हुनुपर्ने बताइएको छ ।

त्यस्तै, संस्थाको महाधिवेशन प्रतिनिधि चयनमा भएको विवादलाई समझदारीमा निराकरण गनिुपर्ने, हाल दुर्वै तर्फबाट भएका महाधिवेशन र निर्वाचनका गतिविधिलाई तत्काल रोकी वार्ता मार्फत सबै पक्षको सहमतिमा एकताको महाधिवेशनको वातावरण निर्माण गरि महाविधेशन आयोजना गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

त्यस्तैगरि, पत्रमा संस्थालाई विभाजन गर्ने खालका सबै किसिमका गतिविधिहरुलाई निस्तेज पार्दै एकताको महाधिवेशन अहिलेको आवश्यकता संस्था बचाउने एक मात्र उपाय भएकाले सबै पक्ष संम्यमीत हुँदै आम सहमतिमा नयाँ कार्यसमिति निर्माण गरि संस्थालाई विभाजन हुनबाट रोक्न सबैमा आग्रह पनि गरिएको छ ।


प्रकाशित | २ चैत्र २०७८, बुधबार २०:४६