पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचार गर्न दिल्ली लगिंदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै छ । खनालको सचिवालयले जनाए अनुसार उपचारको लागि आज नयाँदिल्ली लगिन लागिएको हो । उहाँको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने सचिवालयले जनाएको छ ।

ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उहाँलाई गत सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । यसअघि कोरोना संक्रमित भएर खनाल लामो समय नर्भिक अस्पतालमा उपचार गरेर घर फर्किनु भएको थियो ।


प्रकाशित | २ असार २०७८, बुधबार ११:१५