एनआरएनए आइसिसी सदस्यमा उत्तम कार्कीको उम्मेदवारी

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनमा सानफ्रान्सिस्को निवासी उत्तम कुमार कार्कीले आइसिसी सदस्यमा उम्मेदवारी दिनु भएको छ । अत्यन्तै सहयोगी, सामाजीक अभियन्ताको रुपमा ख्याती प्राप्त कार्कीले आइसिसी सदस्यमा उम्मेदवारी दिनु भएको हो । सुख दुखमा सबैलाई साथ दिनुहुने कार्की इमान्दार ब्यक्तीको रुपमा समेत परिचीत हुनुहुन्छ ।

सान्फ्रान्सिस्को क्षेत्रको सबैभन्दा पुरानो नेपाली सामुदायिक संस्था न्यान्सका पुर्व अध्यक्ष समेत रहनु भएको कार्कीले नेपाली सामुदायिक केन्द्र स्थापनार्थ आयोजित दुई दुई वटा महापुराणमा मुख्य भूमिकामा रहेर काम गरिसक्नु भएको छ । निर्माणाधिन उक्त नेपाली सामुदायिक केन्द्र, नेपालीज कम्युनिटी सेन्टरका पुर्व अध्यक्ष समेत रहनु भएको कार्की सबैको रोजाईमा समेत पर्नुहुुन्छ ।

एनआरएनए अमेरिकाका पुर्व सल्लाहकार कार्की नेपाली जनसम्पर्क समिती अमेरिकाकाो पनि सल्लाहकार हुनुहुन्छ । साथै अमेरिकी राष्ट्रपतीले प्रदान गर्ने ‘राष्ट्रपती स्वयम सेवा स्वर्ण पदक – २०१४’ प्राप्त गर्ने भाग्यमानी नेपाली पनि हुनुहुन्छ ।

कार्की पश्चिम अमेरिका नेपाली महासंघ वानाको वर्तमान अध्यक्ष, एनएएनसिका पूर्व अध्यक्ष, नेपाली सामुदायिक केन्द्रका संस्थापक अध्यक्ष, बिभिन्न राष्ट्रिय स्तरका संस्थारुमा सल्लाहकारको भूमीका समेत क्रियाशिल हुनुहुनछ ।

गैर आवासीय नेपालीका मुख्य मुद्धा नेपाली नागरिकताको निरन्तरताको विषयमा उहाँले निकै नै महत्वपूर्ण भूमीका निर्वाह गर्दै आउनुभएको छ । गैर आवासीय नेपालीहरुको लागि नेपाली नागरिकताको निरन्तरतालाई चाँडो भन्दा चाँडो कार्यान्वयन तहमा लग्नुपर्ने उहाँको जोड छ ।

गैर आवासीय नेपाली संघले विदेशमा रहेका गैर आवासीय नेपालीहलाई नेपाल र नेपालीसँग जोड्ने भर्याएको रुपमा काम गर्नुपर्ने र सोही अनुसारको अभियान सञ्चालन गर्नुपर्ने कार्की बताउनुहुन्छ ।


प्रकाशित | १९ बैशाख २०७८, आईतवार १४:१४