हङकङमा कोभिड फैलने क्रम तीब्र, चीनले पठायो सयौं स्वास्थ्यकर्मी

तस्विर – साउथ चाईना मर्निङ पोस्ट

हङकङ– हङकङमा कोभिड-१९ संक्रमणदर तीब्र बन्दै गएपछि चीनले सयौं स्वास्थ्यकर्मीहरु पठाएको छ । हङकङकी कार्यकारी प्रमुख क्यारी लामले कोभिड-१९ का बिरामीको उपचारका लागि चीनबाट सयौं स्वास्थ्यकर्मीहरू हङकङ विशेष प्रशासनिक क्षेत्रमा आइपुगेको बताइन् ।

लामले पत्रकार सम्मेलनको आयोजना गर्दै चीनबाट ७५ डाक्टर, नर्स र स्वास्थ्यकर्मी पहिलो ब्याचमा सोमबार हङकङ आइपुगेको र निकट भविष्यमा थप स्वास्थ्यकर्मीहरू पनि आउने जानकारी गराइन् ।

मानिसहरूको मानसिक स्वास्थ्य लगायतका विषयलाई ध्यानमा राखेर हङकङ सरकारले सामाजिक दूरीका उपायहरूलाई अझ कडा बनाउने योजना भने नबनाएको लामले बताइन ।

‘सरकारले विगत दुई वर्षमा सहरलाई सुरक्षित राख्नका लागि आवश्यक सबै स्रोतको प्रयोग र प्रयास गरेको छ’, लामले भनीन । तर खोप दर हङकङका लागि सबैभन्दा दुःखदायी पक्ष भएको उनको भनाई छ ।

‘हामीले एक वर्षभन्दा बढी समय नागरिकहरूलाई खोप लगाउन प्रोत्साहित गर्न र प्रवर्द्धन गर्न खर्च गरेका छौं। तर दुर्भाग्यवश, विगत एक वर्षमा कम संक्रमण दर र केही हदसम्म चिन्ता, तथा यस्तै अन्य कारणले गर्दा समग्र समाजले खोपको यो उच्च दर हासिल गरेको छैन, विशेष गरी वृद्धहरूमा खोप नलगाउने अझै धेरै छन’, उनले भनिन्।

अस्पताल प्राधिकरणका प्रमुख टोनी कोले यीले कोभिड -१९ का बिरामीको उपचारका लागि चिनबाट आएका स्वास्थ्यकर्मीहरूलाई मुख्यतया एशिया वर्ल्ड एक्स्पो सामुदायिक उपचार सुविधामा खटाइने र वृद्ध बिरामीहरूको उपचार गराइने बताए ।

हङकङमा सोमबार साँझ सम्म २४९ कोभिडको कारण मृत्यु भएको तथ्यांक छ । ओमिक्रोन प्रकोपमा मृत्यु हुनेको सङ्ख्या ४ हजार नाघेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यो संख्या अहिलेसम्मकै उच्च हो।

स्वास्थ्य अधिकारीहरूले २६,९०८ जनाको परिक्षणको क्रममा १२,०४० जनाको संक्रमण पुष्टि भएको जनाएका छन् ।

उता स्थानीय चिकित्सा विज्ञहरूले भने हङकङमा कोभिड-१९ सङ्क्रमणको सङ्ख्या केही हप्तासम्म उच्च रहने अनुमान गरेका छन्।


प्रकाशित | १ चैत्र २०७८, मंगलवार १३:०८