एयर होस्टेस बन्दै श्रद्धा कपूर

काठमाडौँ : बलिउड नायिका श्रद्धा कपूर  ‘बागी ३’ मा एयर होस्टेसको भुमिकामा देखिने भएकी छिन् । भारतीय मिडियाका अनुसार, श्रद्धा ‘बागी ३’मा एयर होस्टेसको भुमिका निभाउदै छिन् । फिल्मको लागी उनले एयर होस्टेस ट्रेनिङ्ग लिनेछिन् । श्रद्धालाई एयर होस्टेसको लुकमा ढाल्नको लागि बागी ३ फिल्मको टीमले श्रद्धाको लुकमा काम गर्न सुरु गरिसकेका छन् ।

श्रद्धाले सेक्टेबर देखि मुम्बईमा उक्त फिल्मको छायाँकन सुरु गर्नेछिन् । मुम्बई पछि फिल्म टीमको आगरा र देश बाहिर जाने योजनामा रहेको छ । फिल्ममा श्रद्धा कपूरको साथमा टाइगर श्राफको अभिनय रहने छ । फिल्मको लागि टाइगर श्राफ इजराइल गएर ट्रेनिङ्ग लिइरहेका छन् ।


प्रकाशित | २६ श्रावण २०७६, आईतवार १७:५४