मोरङ जिल्ला अदालतका न्यायाधीशलाई कोरोना पुष्टि, तीन दिन अदालत बन्द

विराटनगर – जिल्ला अदालत मोरङका एक जना न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोशी अस्पतालको ल्याबमा स्वाब परीक्षण गर्दा न्यायधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । न्यायधीशसहित चार जनाको स्वाब सङ्कलन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकमा सङ्क्रमण पुष्टि भएपछि उहाँको सम्पर्कका आधारमा अदालतका चार जनाको स्वाब सङ्कलन गरिएको हो । न्यायधीशमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबारदेखि तीन दिनको लागि अदालत बन्द गरिएको छ ।


प्रकाशित | २६ श्रावण २०७७, सोमबार १४:००