मध्यपुर थिमि नगरपालिकाले बनायो स्थानीय पाठ्यक्रम

भक्तपुर: भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले आफ्नै पाठ्यक्रम लागू गरेको छ । नगरपाकिाले स्थानीयर सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय पाठ्यक्रम लागू गरेको हो । नगर प्रमुख मदन शुन्दर श्रेष्ठका अनुसार, नगरपालिकाले आफ्नो अधिकारको प्रयोग गरेर स्थानीय पाठ्यक्रम कार्यदल गठन गरेको थियो । सोहि कार्यदलले निर्माण गरेको पाठ्यक्रम नगरपालिकाले स्कीकृत गरी लागू गरेको हो ।

नगरपालिकाले पाठ्यक्रम निर्माणका लागि शिक्षा समिति अन्तर्गत प्राज्ञ रामकृष्ण दुवालको संयोजकत्वमा तीन सदसीय कार्यदल गठन गरेको थियो । सो कार्यदलले शिक्षक, विद्यार्थीm अभिभावक, विषयविज्ञ, स्थानीय बुद्धीजिवी, शिक्षासंग सम्बन्धित व्यक्तित्वहरुसंगको बृहत छलफलपछि एक सय पुर्णाङ्कको स्थानीय पाठ्यक्रम निर्माण गरेको हो ।

नगर प्रमुख श्रेष्ठका अनुसार, सो पाठ्यक्रम पहिलो चरणमा जेठ १ गतेदेखि कक्षा छ बाट लागू गरिनेछ । नगरपालिकाले मध्यपुर थिमि म्हसिका ‘मध्यपुर थिमिको परिचय’ नामक पुस्तक तयार गरेर लागू गरेको हो ।

सो पुस्तकमा मध्यपुर थिमिको इतिहाँस, भौगोलिक अवस्थिति, प्राचिन वस्ती, जनसंख्या, नदीनाला, वनजंगल, कला, संस्कृति सम्पदा, स्थानीय मठमन्दिर, संस्कृति, जात्रा समेटिएको छ । त्यसैगरी पुस्तकमा पाटीपौवा, ढुंगेधारा, पोखरी, स्थानीय भाषा, लिपी, परम्परागत पेसा, स्थानीय उपचार विधि लगायतका विषयवस्तुसमेत समेटिएको छ ।

नगरपालिकाकी उप प्रमुख अन्जनादेवी मधिकर्मीका अनुसार, नगरपालिकाले अन्य कक्षामा पनि आगामि शैक्षिक शत्रदेखि क्रमसः स्थानीय पाठ्यक्रम लागू गर्दै जाने नीति लिएको छ । मध्यपुर थिमि नगरपालिकाभित्र १८ सामुदायिक र ५२ संस्थागत विद्यालय गरी ७० विद्यालय रहेका छन् । नगर क्षेत्रका विद्यालयमा करिव ४० हजार विद्यार्थी अध्ययनरत छन् ।

स्थानीय पाठ्यक्रम नगरका सबै विद्यालयमा लागू गरिने बताइएको छ । स्थानीय पाठ्यक्रम लागू गर्ने सन्दर्भ पारेर नगरपालिकाले बुधवार एक बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षासेवी, विद्यालयका प्रधानाध्यापक÷प्रिनिसपल, बुद्धीजिवी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित | १९ बैशाख २०७६, बिहीबार २०:४७