श्वेता खडका बिरामी भएपछि ‘हेलो जिन्दगी’ को छायाँंकन प्रभावीत: लन्डनबाट फर्कदै चलचित्र युनिट

लन्डन : नायिक श्वेता खडका बिरामी भएपछि चलचित्र ‘हेलो जिन्दगी’ को छायांकन प्रभावीत भएको छ । लन्डनमा छायांकन भइरहेको चलचित्र ‘हेलो जिन्दगी’ प्रभावीत भएपछि चलभित्र युनिट नेपाल फर्कने भएको छ । अहिले लन्डनमा रहेको निर्माण टोलीले आधा सिनेकर्मी चार दिन अभि नै काठमाडौं फर्काइकेको छ ।

तीन साताअघि चलचित्र ‘हेलो जिन्दगी’ छायांँकनका लागि युनिट बेलायत आएको थियो । सुटिङ सेड्युल ३४ दिनको राखिएकोमा १९ दिनको छायांकन सम्पन्न गरिसकिएको भए पनि श्वेता खडका बिरामी भएपछि बाँकि काम प्रभावीत बनेको हो ।

युनिटले श्वेता वा अर्को नायिका को राख्ने भन्ने निर्णय गरेर बल्ल बाँकी छायाँकन अघि बढाउने बताएको छ । ३ करोडभन्दा महँगो बजेटको यो फिल्ममा श्वेतासँगै दीपिक प्रसाईं, विल्सनविक्रम राई, विक्रान्त बस्नेत, सूर्य बोहरा, विक्रम जोशीलगायतको मुख्य भूमिका रहनेछ ।

उता भारतको बीएलके अस्पतालमा उपचारत अभिनेत्री श्वेता खड्काको घाँटीको ट्युमर अप्रेसनपछि निकालिएको छ  । अप्रेसनपछि लामो फेसबुक स्टाटस लेख्दै अभिनेत्री अप्रेसनपछि आफूले डरलाग्दो अवस्थाबाट जित हासिल गरी नयाँ जीवन पाएको श्वेताले बताएकी थिइन् ।

अभिनेत्री खड्काले स्वास्थ्य अवस्थाका कारण ‘हेल्लो जिन्दगी’ खेल्न नसक्ने पनि बताएकी छिन् । ‘म फिल्म खेल्ने जुन उत्साहका साथ लन्डन आएकी थिएँ । यति बेला मेरो स्वास्थ्यस्थितिका कारण खेल्न असमर्थ भएकी छु । मेरा लागि यसले अर्को पीडा थपिदिएको छ,’ खड्काले आफ्ना शुभचिन्तक दर्शकको आफूप्रतिको आशालाई निराशा बनाएकोमा दुःख पनि व्यक्त गर्दै भनेकी छिन् ।


प्रकाशित | १९ बैशाख २०७६, बिहीबार १९:४४