‘नेपाली हस्तकला तथा हर्वल’ र ‘भीजीट नेपाल २०२०’ को प्रचार प्रसार गर्न चीनको ग्वांगझोउमा ब्यापार मेला

चीन : ‘नेपाली हस्तकला तथा हर्वल’ र ‘भीजीट नेपाल २०२०’ को प्रचार प्रसार गर्न चीनको ग्वांगझोउमा ब्यापार मेला आयोजना गरिएको छ । नेपाली हस्तकला र हर्वललाई अन्तराष्ट्रिय बजारसम्म पु¥याउने उद्देश्यले ब्यापार मेला आयोजना गरिएको हो । चीनको ग्वांगझोउमा आयोजना गरिएको यो ब्यापार मेला पहिलो हो ।

अगस्ट २३ देखि २६ सम्म चार दिन आयोजना गरिएको मेलामा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि अवलोकन गर्नुभएको थियो । हङकङ नेपाली ब्यापार संघ लिमिटेडले चीनको ग्वांगझोउ प्रान्तमा त्यहाँको कमरसियल ब्यूरोसँगको सहकार्यमा आयोजना गरेको ब्यापार मेलाको निकै भब्यताका साथ सम्पन्न गरेको छ । मेलामा चीनीयाँहरुले निकै रुचीका साथ अवलोकन गरेका थिए ।

मेलामा नेपाल ब्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको कार्यकारी निर्देशक डा. शरदविक्रम राना, चीन नेपाल ब्यापार संघका अध्यक्ष राजेशकाजी श्रेष्ठ, डा. युवराज स्रगौला, ग्वांगझोउ प्रान्तको लागि नेपाली वाणिज्यदूत कुञ्जन साह, पोखरा महानगरपालिका-१३ का वडाध्यक्ष दर्शन लामालगायत सहभागी हुनुहुन्थ्यो ।

हङकङ नेपाली ब्यापार संघ लिमिटेडका अध्यक्ष प्रकाश पुनका अनुसार मेलामा नेपाली हस्तकला र हर्वलका ८ वटा स्टल, नेपाल लगानी बोर्ड र भिजीट नेपाल-२०२० का एक /एक वटा गरि जम्मा १० वटा स्टल राखिएको थियो । नेपाली हस्तकला र हर्वललाई अन्तराष्ट्रिय बजारसम्म पु¥याउने उद्देश्यले हङकङ नेपाल ब्यापार संघले हङकङ नेपाली ब्यापार संघ लिमिटेडको सहकार्यमा यसअघि पनि हङकङमा चार दिने दोस्रो ब्यापार मेला आयोजना गरिसकेको छ ।

हङकङको बजारबाट नेपाली हस्तकलालाई अन्तराष्ट्रिय बजारमा पु¥याउने उद्देश्यका साथ हङकङमा दोस्रो हस्तकला प्रदर्शनी गरिएको हो । जसलाई फैलाउँदै चीनको विभिन्न प्रान्तमा पनि सो मेला आयोजना भइरहेको छ । एनआरएनए एसिया प्याशिफिकको टेड एन्ड ईन्भेष्टमेन्ट प्रोमोसन चिफ समेत रहनु भएको प्रकाश पुन गैर आवासीय नेपाली संघको पूर्व आइसिसी कोषाध्यक्ष र सल्लाहकार, मोनाको आइसिसी संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।

मेलामा पूर्वप्रधानमन्त्री झलनाथ खनालले गैर आवासीय नेपालीले नेपाली बजारलाई विस्तार तथा प्रबद्र्धन गर्न यस्तै किसिमिका ब्यापार मेला आयोजना गर्नुपर्नेमा जोड दिदै यस्तो मेलाले नेपालको हस्तकला र हर्वल तथा नेपालमा पर्यटन भित्र्याउन सहयोग पुग्ने भन्दै आयोजकप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

 


प्रकाशित | ११ भाद्र २०७६, बुधबार २३:०२