‘१० करोड बजेट छुट्याएर सात हजारभन्दा बढी नेपाली श्रमिकलाई राहत तथा स्वदेश फिर्ता’

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले कोभिड–१९ का कारण समस्यामा परेका नेपाली श्रमिकहरुको लागि १० करोड बजेट छुट्याएर राहत तथा स्वदेश फिर्ती कार्यक्रमलाई जारी राखेको छ । अध्यक्ष कुमार पन्तका अनुसार मलेसिया तथा मध्यपूर्वी मुलुकहरुमा कोभिड–१९ का कारण समस्यामा परेका नेपाली श्रमिकको राहत तथा स्वदेश फिर्ती कार्यक्रमलाई जारी राखिएको हो ।

हालसम्म सात हजारभन्दा बढी समस्यामा परेका नेपाली श्रमिकलाई सहयोग गरिसकिएको अध्यक्ष पन्तले बताउनुभयो । पन्तका अनुसार जेल तथा नजरबन्दमा रहेकालाई कानुनी परामर्श तथा आर्थिक सहयोग पु¥याई तत्काल घर फिर्ती, झण्डै १५०० भन्दा बढीलाई खाना तथा अस्थायी बासको व्यवस्था, दूतावासको समन्वयमा पुनः रोजगार तथा घर फिर्तीमा सहजीकरण, ८०० भन्दा बढी श्रमिकलाई काठमाडौ“बाट घर जान सहयोग गरिसकिएको छ ।

त्यस्तैगरि, कम्बोडियामा अलपत्र २२ जनालाई दूतावासस“गको समन्वयमा खाना तथा वासको व्यवस्था, स्वदेश फिर्ती, मनोसामाजिक परामर्श तथा अन्य स्वास्थ्यसम्बन्धी सहयोग, परराष्ट्र मन्त्रालय, नेपाली दूतावास, सम्बन्धित देशका सरकार तथा सरोकारवाला निकाय, संघसंस्थास“ग समन्वय, नेपाली श्रमिकहरुले कार्यक्षेत्रमा भोग्नुपरेका समस्यासमेत संकलन गरी भविष्यमा दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण, विभिन्न स्थानीय तह, १, २ र सुदूरपश्चिम प्रदेश सरकारलाई क्वारेन्टिन तथा आइसोलेसन सेन्टरहरुमा श्रमिलाई सहयोग पुगोस् भन्ने उद्देश्यले अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरण प्रदान गरिसकिएको छ ।

त्यस्तै, अध्यक्ष पन्तले विदेशमा समस्यामा परि कुनै दुख कष्टमा परेका नेपाली श्रमिकलाई एनआरएनको सम्पर्कमा आउँन पनि आग्रह गर्नुभएको छ ।


प्रकाशित | १५ पुष २०७७, बुधबार २०:३०