युक्रेन छाड्नेको संख्या २५ लाख पुग्यो

काठमाडौं – रुस-युक्रेन द्वन्द्वका कारण शरणार्थी संकट दिनानुदिन बढ्दै गएको छ । शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीले युक्रेन शरणार्थीको सङ्ख्या २५ लाख पुगेको बताउनु भएको छ ।

ती मध्ये, लगभग १ लाख १६ हजार तेस्रो देशका नागरिकहरू रहेको एएफपी समाचार एजेन्सीलाई उद्धृत गर्दै ग्रान्डीले भन्नु भयो । युक्रेनभित्र थप २० लाख मानिस विस्थापित भएकोे पनि जनाइएको छ ।


प्रकाशित | २७ फाल्गुन २०७८, शुक्रबार १७:४५