एनआरएनए साउदीद्धारा २ सय १७ जना नेपालीलाई राहत वितरण, वितरण कार्य अझै जारी

साउदी: गैर आवासीय नेपाली संघ (एनआरएनए ) साउदी अरवले अहिलेसम्म २ सय १७ जना नेपालीलाई राहत वितरण गरेको छ । एनआरएनए साउदीका अनुसार अहिलेसम्म विभिन्न क्षेत्रमा बसोबास गर्नुहुने २ सय १७ नेपाली श्रमीकलाई राहत वितरण गरिएको हो ।

साउदीमा कोरोना महामारीका कारण साउदी अरबमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा अप्ठ्यारोमा परेका धेरै नेपालीहरु पीडित हुन पुगेको खबरहरु र गुनासोहरु संस्थामा आउने क्रम बढ्दो रहेको पनि एनआरएनएले जनाएको छ ।

हालसम्म साउदी अरबमा कार्यरत ६ सय ७४ नेपाली संक्रमित भइसकेको र एक जनाले ज्यान सेमत गुमाउनु परेको सम्बन्धित निकाय मार्फत अधिकारिक पुष्टी हुन आएको बताउँदै एनआरएनए साउदीले यहाँ स्थित नेपाली कुटनितिक नियोगहरुसंग समन्वय र पैरवी पहल गर्दै तत्कालका लागि खाद्यान्न बितरण गर्दै आएको जनायो ।

साथै संघको साधन श्रोत र संयन्त्रले भ्याएसम्म यो कार्यलाई निरन्तरता दिने प्रतीबद्धता पनि ब्यक्त गर्दै एनआरएनएले विभिन्न संघसंस्था तथा सहयोगी दाताहरुप्रति आभार समेत प्रकट गरेको छ ।

Image may contain: 34 people, including Rajendra Aryal, Narayan Paswan and Tej Bahadur Thapa, people sitting

साउदी अरबको बिभिन्न स्थानमा कोरोनाबाट प्रभावित नेपालीहरुको अवस्था, नेपाली कामदारहरुको जिबन रक्षा, स्वदेश फिर्ती साथै तत्कालका लागि पीडितहरुलाई मानवीय राहत सहयोग गर्दै साउदी अरब स्थित नेपाली राजदुताबास रियाद तथा महावाणिज्यदूतावास जेध्दा बिच समन्वय र हातेमालो गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरसम्म उद्धारको लागि सहकार्यमा एकजुट भएर जुट्न समेत सबैमा एनआरएनएले आग्रह गरेको छ ।


प्रकाशित | ३ जेष्ठ २०७७, शनिबार १८:१२