अफ्रिकामा नेपाल भ्रमण बर्ष २०२० प्रबद्र्धन कार्यक्रम

लुसाका , जाम्बिया : नेपाल भ्रमण बर्ष २०२० को जानकारी गराउने उद्देश्यले अफ्रिकामा भब्य कार्यक्रम आयोजना गरिएको छ । नेपाल दूतावास , दक्षिण अफ्रिका र एनआरएनए जाम्बियाको आयोजनामा जाम्बियाको राजधानी लुसाकामा एक भब्य कार्यक्रमका बिच भ्रमण् वर्ष जानकारीमुलुक कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा नेपालका पर्यटक स्थलको जानकारी दिने बृत चित्र , नेपाली हस्तकलाका सामाग्रीको प्रदर्शन र नेपालको पर्यटन सम्बन्धमा जानाकारी दिने मन्तब्य र अन्तर्रक्रिया गरिएको कार्यक्रमको दक्षिण अफ्रिकाका लागि नेपालका कार्यबाहक राजदूत घनश्याम लम्सालले समुदघाटन गर्नु भएको थियो ।

उहाँले नेपाल पर्यटन बर्षको बारेमा जानकारी दिदै, नेपाल भ्रमण गर्न उपस्थित पाहुनाहरुलाई आग्रह गर्नु भएको थियो । त्यस्तै, एनआरएनअ जाम्बियाका पुर्व अध्यक्ष एबम सल्लाहकार डा . बिशाल उप्रेतीले नेपालका पर्यटन स्थल र आकर्षक स्थलका बारेमा जानकारी दिनु भएको थियो ।

एनआरएनए जाम्बियाका अध्यक्ष प्रमोद शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा , एनआरएनए जाम्बियाका संस्थापक अध्यक्ष र संरक्षक बिदुर खनालले अफ्रिका स्थित कुटनैतिक युएनसेवा ,गैरसरकारी सस्था प्रवासी समुदाय र अफ़्रिकिन मित्रहरू लाई नेपाल भ्रमण गर्न आग्रह गर्नु भएको थियो ।

सो अवसरमा नेपाल भ्रमण गरि सक्नु भएका बिदेशमित्रहरुले नेपालको सुन्दरता र आफ्ना भ्रमण अनुभव समेत सुनाउनु भएको थियो ।

कार्यक्रममा उपस्थित अथितीहरुलाई सन्ध्या खनाल , इन्दिरा उप्रेती , चंदा शर्मा र कल्पना थापाले उपहार बितरण गर्नु भएको थियो । कार्यक्रममा जाम्बिया सरकारका प्रतिनिधि, सयुक्त रास्ट्र संघीय निकायका प्रतिनिधिहरु, स्थानीय उच्च पदस्थ ब्यक्तीत्वहरु लगाएत नेपाली समुदायको उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रम परिसरमा राजिव मुनकर्मीले नेपाली हस्तकलाका सामाग्री प्रर्दशनको संयोजन गर्नुका साथै त्यसबारे जानकारी दिनु भएको थियो ।


प्रकाशित | १२ माघ २०७६, आईतवार १५:३५