एनआरएनए निर्वाचन: उम्मेदवारी दर्ता गर्ने समय तीन दिन थपियो

काठमाडौं – गैर आवासीय नेपाली संघ निर्वाचनको उम्मेदवारी दर्ता तीन दिन थपिएको छ । यही २१-२२ मार्चमा ६० पदका लागि हुन गइरहेको निर्वाचनका लागि उम्मेदवारी दर्ता तीन दिन थपिएको हो ।

निर्वाचन समितिले एक विज्ञप्ति जारी गर्दै ११ मार्च साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको सयम थपिएको जनाएको हो । आइसिसी अध्यक्ष कुमार पन्तको लिखित पत्रको आधारमा तीन दिन थपिएको पनि विज्ञप्तिमा जनाइएको छ ।  

यसअघि उम्मेदवारी दर्ता मंगलबार आज ८ मार्च साँझ ५ बजेसम्म तोकिएको थियो ।

 


प्रकाशित | २४ फाल्गुन २०७८, मंगलवार ०९:५६