एनआरएन महिला फोरमद्धारा नुवाकोटमा स्वास्थ्य शिविर आयोजना: पाँच सय भन्दा बढी लाभान्वित

नुवाकोट : गैर आवासीय नेपाली संघ (एनआरएनए ) महिला फोरमले नुवाकोटमा बृहत्त स्वास्थ्य शिविर आयोजना गरेको छ । एनआरएन महिला फोरम हङकङ, जापान र मकाउको आर्थिक सहयोगमा नुवाकोटमा बृहत्त स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिवीर सञ्चालनको लागि एनआरएन महिला फोरम हङकङले २ लाख, एनआरएन महिला फोरम जापान र मकाउले ५०/५० हजार सहयोग गरेका थिए ।

सोही सहयोगमा एनआरएन आइसिसी महिला फोरम संयोजक रजनी प्रधानको नेतृत्वमा दुई दिने नाँक, कान, घाँटी, पाठेघरको शिविर सम्पन्न गरिएको हो । शिविरमा पाँच सय भन्दा बढीले निशुल्क उपचार पाएका छन् । शिविर नुवाकोटको शिखरबेसी गाउँमा आयोजना गरिएको हो ।

महिला र बालबालीकालाई केन्द्रित गरेर आयोजना गरिएको शिविरमा निशुल्क औषधी समेत वितरण गएिको थियो । साथै महिलाहरुको पाठेघर परीक्षणको क्रममा पाठेघर जटिल रहेका महिलाहरुलाई मेडिसिटी हस्पिटलमा रिभर गरिएको छ ।

स्वास्थ्य शिविरमा नाक, कान र घाँटीको उपचारका लागि डां जयन्द्र प्रधानांग, डा. लोक गुरुग, पाठेघरको उपचरामा डा रमेश पौडेल, उन्नति अमात्यलगायत टोली खटिनुभएको थियो ।


प्रकाशित | १६ जेष्ठ २०७६, बिहीबार २१:१८