सामाजिक आश्रय स्थलहरुका आश्रितहरूलाई एक लाख रूपैयाँ बराबरको खाद्यान्न सहयोग गर्ने घोषणा

काठमाडौं : कोरोना भाइरसको महामारीको कारण प्रभावीत विभिन्न सामाजिक आश्रय स्थलहरुका आश्रितहरूलाई एक लाख सहयोग गर्ने घोषणा गरिएको छ ।

लायन्स क्लव अफ काठमाडौं धापाखेल चार्टर प्रेसिडेन्ट तथा डिस्टिगं ३२५ ए वान एरिया ८ का एरिया चिफ दिपेन्द्र सिंम्खडा र क्लवका विभिन्न सहयोगी हातहरुको संयुक्त सहयोगमा संकलीत रकम विभिन्न सामाजिक आश्रय स्थलहरुका आश्रितहरूलाई सहयोग गर्ने घोषणा गरिएको हो ।

डिस्टिगं ३२५ ए वान एरिया ८ का एरिया चिफ दिपेन्द्र सिंम्खडाका अनुसार लायन्स क्लव अफ ईन्टरनेसनल डिस्टिगं ३२५ एवान नेपालको फुड बैंक मार्फत एक लाख रूपैयाँ बराबरको खाद्यान्न सहयोग गर्ने निर्णय गरिएको हो ।


प्रकाशित | १५ चैत्र २०७६, शनिबार १९:२०