कपिलवस्तुमा बस पल्टिदाँ १४ यात्रु घाइते

बुटवल: काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ७ख ५१८७ नम्बरको बस कपिलवस्तुको चप्परगाउँमा दुर्घटनामा परेको छ । बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । ४५ यात्रु सवार बसमा १४ जना घाइते भएको र घाइतेको तत्काल उद्दार गरी सामुदायिक अस्पताल ४ नम्बर जीतपुरमा पुर्याई अहिले उपचार भईरहेको छ । इलाका प्रहरी कार्यालय पिपराका प्रहरी सहायक निरीक्षक शेर सिंह धामीका अनुसार बिहान गियर बक्स बिग्रिएपछि बस अनियन्त्रित भई राजमार्गबाट करिब ५० फिट दक्षिण पल्टिएको हो ।


प्रकाशित | १४ बैशाख २०७६, शनिबार १२:३०