अमेरिकाका लागि नेपाली राजदूतमा खत्री नियुक्त

काठमाडौं – अमेरिकाका लागि नेपाली राजदूतमा प्रा. श्रीधर खत्री नियुक्त हुनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम सरकारको सिफारिसमा खत्रीलाई राजदूत नियुक्त गर्नु भएको हो । 

नव नियुक्त राजदूत खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक हुनुहुन्छ । 

सरकारले १४ कात्तिकमा खत्रीलाई राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो भने २५ भदौमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।


प्रकाशित | १५ फाल्गुन २०७८, आईतवार १८:३०