एमसीसीलाई व्याख्यात्मक घोषणासहित आजै अनुमोदन गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाण्डौ – संसदमा टेवल भएको अमेरिकी सहयोग परियोजना एमसीसीलाई व्याख्यात्मक घोषणासहित आजै अनुमोदन गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एमसीसीलाई व्याख्यात्मक घोषणासहित आजै अनुमोदन गर्ने निर्णय भएको हो।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सतारुढ गठबन्धनको बैठकले ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदान गर्ने निर्णय गरिएको जानकारी गराउनु भयो । पौडेलले ब्याख्यात्मक टिप्पणीसहित संसदमा पेश गरेर आजै एमसीसी पारित गर्न गठबन्धन सहमत भएको बताउनु भयो ।

गठबन्धनको बैठक अघि नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठकले ‘व्याख्यात्मक टिप्पणी’ सहित संसदबाट एमसीसी पारित गर्ने निर्णय गरेको थियो ।

उता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा निर्णय गर्न बाँकी रहेको भन्दै समय माग्नु भएको थियो ।


प्रकाशित | १५ फाल्गुन २०७८, आईतवार १२:२७