प्रतिनिधिसभाको बैठक बस्दै, दुई वटा अध्यादेश पेश हुने

काठमाडौँ –  आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । आज (मंगलबार) संसदमा दुई वटा अध्यादेश पेश गर्ने कार्यसूची छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले यौनहिंसाविरुद्धका केहि ऐन संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशलाई स्वीकृतिको लागि पेस गर्न लाग्नु भएको हो ।

संसद् सचिवालयका अनुसार नेमकिपाका सांसद प्रेम सुवालले अध्यादेश अस्वीकार गर्नको लागि सूचना पेस गर्नुहुनेछ । संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सोमबार सार्वजनीक गरिएको थियो ।


प्रकाशित | ६ पुष २०७८, मंगलवार ०८:५२