व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने माओवादीको निर्णय

काठमाडौं – नेकपा माओवादी केन्द्रले व्याख्यात्मक विश्लेषणसहित अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) पारित गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले ब्याख्यात्मक विश्लेषणसहित एमसिसी पारित गर्ने निर्णय गरेको हो । बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री निवास बालुवाटार जानु भएको छ ।

माओवादी केन्द्रको यो निर्णयसँगै संसदमा टेबल भएको एमसिसी पारित हुने देखिएको छ । संसद बैठक आज दिउँसो १ बजे बस्दैछ ।


प्रकाशित | १५ फाल्गुन २०७८, आईतवार ११:२०