एनआरएनए अमेरिकाको बरिष्ठ उपाध्यक्ष पदमा कृष्णजीवी पन्थको उम्मेदवारी दर्ता

टेक्सस । गैर आवासीय नेपाली संघ अमेरिकाको वरिष्ठ उपाध्यक्ष पदमा कृष्णजीवी पन्थले उम्मेदवारी दर्ता गराउनु भएको छ । पन्थको प्रस्तावकमा सुन्दर गुरुङ र समर्थकमा आकृति पाण्डे रहनु भएको छ ।

उम्मेदवारी दर्ता गर्दै पन्थले भन्नुभएको छ, ‘आज भन्दा अगाडी पनि हजुरहरु सबैको सल्लाह, सुझाव र सद्भाव पाएर यहाँ सम्म आएको छु। सो विश्वासलाई कहिले पनि तोड्ने छैन भन्ने वाचा गर्दै औपचारिक रूपमा बरिष्ठ उपाध्यक्षको उम्मेदवारी दर्ता गरेको छु।’

एनआरएनए अमेरिकालाई साझा संस्थाको रुपमा विकास गर्ने योजनासहित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको पन्थले बताउनुभयो । आफ्नो योग्यता, क्षमताले भ्याएसम्म सबैको अपनत्व हुने गरि साझा संस्थाको रुपमा विकास गर्ने उहाँले बताउनुभयो ।

२००८ मा अमेरिका आउनु भएका पन्थ मेरिल्याण्ड राज्यमा बस्नुहुन्छ। गैर आवासीय नेपाली संघको अभियान भने २०१४ देखि सक्रिय हुनुहुन्छ। २०१९ मा संघको अन्तराष्ट्रिय महाधिवेशन र विश्व सम्मेलनमा पनि प्रतिनिधि भएर काठमाण्डौ जानुभएको थियो।

प्रकाशित | ८ बैशाख २०७८, बुधबार ०९:४१