सूर्यविनायक नगरपालिका-२ बालकोटमा २ हजार ३४३ मत गन्दा एमालेको अग्रता कायमै

भक्तपुर : सूर्यविनायक नगरपालिका वडा नं. २ स्थित बालकोटमा एमालेले अग्रता कायमै राखेको छ । एमालेले वडामा मेयर, उपमेयर र वडाध्यक्षका सबै पदमा अग्रता कायम राखेको हो ।

वडामा २ हजार ३४३ मत गनीसक्दा मेयरमा एमालेका तर्फबाट बासुदेव थापाले १ हजार १७२ मत पाउनु भएको छ भने कांग्रेसका तर्फबाट निसान ढुंगेलले १ हजार ५९ मत पाउनु भएको छ ।

उपमेयरमा एमालेको तर्फबाट सरिता भट्टराईले १ हजार १ सय ९३ मत पाउँदा गठबन्धनको तर्फबाट उम्मेदवार एकीकृत समाजवादीका श्याम बस्नेतले ७६५ मत पाउनु भएको छ ।

वडामा एमालेको उम्मेदवारले १ हजार ७९ मत पाउँदा कांग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवारले १ हजार ६२ मत पाउनु भएको छ । वडा नं. २ मा ३ हजार ५३४ मत खसेको छ ।

No description available.

प्रकाशित | १ जेष्ठ २०७९, आईतवार २३:३२