उपत्यकामै अझै पनि छ झारफुकको चलन !

काठमाडौँ : चिकित्सा विज्ञानमा झारफुकको कुनै स्थान नभए पनि अझै पनि झारफुकले धेरैको बिमार निको हुन विश्वास हटेको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । राजधानी उपत्यकामै बालबालिका बिरामी पर्दा झारफुक गर्ने चलन छँदैछ । नेपाल देवता, अजिमा आदिले छुने भन्दै झारफुक गरिन्छ र कतिपय माता भनिने वा अरूको समेत पेशा जस्तै बनेको छ झारफुक ।

जयवागेश्वरीमा डोनट बनाउने पेशाका ५० वर्षीय सुभाष आचार्य दैनिक कम्तीमा पनि ५० बालबालिकाको झारफुक गर्छन् । उनी भन्छन्,‘झारफुक गर्न आउँछन्, नभ्याए पनि बालबालिकालाई फुकफाक गर्छु ।’  जयवागेश्वरीमा डोनट बनाउने पेशासँगै झारफुक गर्ने आचार्यजस्ता अरु पनि छन् । आचार्यका अनुसार जन्मने वित्तिकै मरेका शिशु, नाबालकमै मरेका र गर्भपतन गरिएका परिवारमा जन्मिएका बच्चा र पाठेघरमा गर्भ बस्न नसकेर सुकेका भ्रुण भोगेको परिवारमा जायजन्म भएका बालबचचामा स्वयम्भु अजिमाको दोष देखा पर्छ र तिनलाई फाकफाक गरेर जाति हुन्छ ।


प्रकाशित | १९ बैशाख २०७६, बिहीबार ०७:५०