भारतमा ओमिक्रोनबाट एकको मृत्यु

काठमाडौं-ओमिक्रोन भेरियन्टबाट भारतमा एक जनाको मृत्यु भएको छ। भारतको राजस्थानमा एकजनाको यो भेरियन्टबाट मृत्यु भएको प्रमाणित भएको छ। मृतक मधुमेहका दीर्घरोगी रहेका थिए।

यो नै भारतमा ओमिक्रोनबाट भएको पहिलो मृत्यु हो। भारतमा अहिलेसम्म २ हजार १३५ जना सङ्क्रमित भएको बताइएको छ।


प्रकाशित | २२ पुष २०७८, बिहीबार १२:२०