युक्रेनमा रहेका १९३ नेपाली दुतावासको सम्पर्कमा, नेपालीलाई स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै बाहिर निस्कन आग्रह

काठमाडौं – युक्रेनमा रहेका १९३ नेपाली जर्मनीस्थित नेपाली दुतावासको सम्पर्कमा आएका छन् । दुतावासका अनुसार युक्रेनमा रहेका १९३ जना नेपाली सम्पर्कमा आएका हुन ।

दुतावासले एक विज्ञप्ति जारी गर्दै हिजो र आज गरि युक्रेनसँग सिमाना जोडिएका छिमेकी मुलुकहरु स्लोभाकिया, पोल्याण्ड र हंगेरीले युक्रेनबाट निस्कन चाहने नागरिकलाई आफ्ना मुलुकमा प्रवेशका लागि नाका खुल्ला गरेको जानकारी नियोगमा प्राप्त भएको र नेपालीहरु छिमेकी मुलुकमा प्रवेश गरिरहेको जनाएको छ ।

दुतावासले सिमा नाकामा प्रवेश गर्ने क्रममा आफ्नो परिचयपत्र खुल्ने कागजात राहदानी वा यात्रा अनुमतिपत्र सम्बन्धमा कुनै समस्या भएमा वा तत्काल यात्रा अनुमतिपत्र आवश्यक पर्ने भएमा आफ्नो नेपाली राहदानीको फोटोकपी १, र डिजिटल फोटो १ वटा उपलब्ध गराउन आग्रह गरेको छ । युक्रेनका सबै भूभागमा गरी दुई सय नेपाली नागरिक रहेको अनुमान छ ।


प्रकाशित | १३ फाल्गुन २०७८, शुक्रबार २२:००