‘सकारात्मक सोच्छु त्यसैले सुखी छु’

अंगुरबाबा जोशी साहित्यकार

रोग लागे पनि हाँसेर जिइरहेकी छु

म ८८ वर्षकी भएँ । मेरो शरीरमा निको नहुने दसौँ रोग छन् । रोग लागेपछि धेरैले रोएर जीवन बिताएको देखेको छु । तर, म हाँसेर बिताउँछु । १५–१६ वर्षअघि घाँटीको क्यान्सर भयो । अप्रेसनत गर्दा मुख बांगो भएर गालामा पुग्यो । उपचार गर्न भारत जान गएँ । पछि ब्रेस्टको क्यान्सर भयो । दुवै ब्रेस्ट काटेर फाल्नुप-यो । अहिले पनि समय–समयमा उतै (भारत) धाइरहनुपर्छ । साथै, लामो समयदेखि मुटुमा पेसमेकर राखेर हिँडेकी छु ।

भित्री सुन्दरतामा पोख्त भएँ

सौन्दर्य भन्ने कुरा निश्चित समयमाजति परिपक्व हुँदै गयो, सौन्दर्यको परिभाषा फेरिने रहेछ । बाहिरी सुन्दरताभन्दा भित्रको सौन्दर्यले महत्व राख्दै जाने रहेछ ।पूर्ण हुन्छ । अनुहारको सुन्दरता युवाअवस्थामा विशेष हुन्छ । यो वेला आफू र अरू दुवैले खोज्छन् । जति–जति परिपक्व हुँदै गयो, सौन्दर्यको परिभाषा फेरिने रहेछ । बाहिरी सुन्दरताभन्दा भित्रको सौन्दर्यले महत्व राख्दै जाने रहेछ । विचार कति सकारात्मक छ र बुद्धि कति तीक्ष्ण भएको छ भन्ने कुराले फरक पार्दोरहेछ । अहिले जत्तिको सुन्दर म कहिल्यै थिइनँ जस्तो लाग्छ, मलाई । अहिलेको मेरो उमेरको सौन्दर्य मन र दिमागको हो । त्यो मसँग छ । बांगो अनुहारले म्याटर गर्दैन ।

कसैसँग रिसराग छैन

मसँग सुख र शान्तिको अनुभूति छ । रत्तिभर तनाव लिन्नँ म । केहीको चिन्ता छैन मलाई । कसैसँग रिसराग छैन । सबै मान्छेको अन्तिम गन्तव्यसुख शान्ति र आनन्द नै हो । यद्यपि, कतिपयले यो नस्विकार्नु अर्को पाटो हो । मसँग रोग छ, शरीर दुख्छ । दुख्नु शरीरको धर्म हो भन्ने सोच्छु । सहनुपर्छ भन्ने लाग्छ । दुखेमा औषधि गर्ने हो । मेरोे शरीरलाई दुखेको हो, मलाई होइन भन्ने सोच्छु ।

उमालेका खानेकुरा मात्र खान्छु

बिहान ७ बजे उठिसक्छु । चपाएर केही खान मिल्दैन । नमिलेर के भयो र खाने कुरा पेलेर बनाएको सुप खान्छु । सबै कुरा उमालेको मात्र खान्छु । जौको चिउरालाई दूधमा घोलेर खान्छु । सिस्टरको सहायतामा दिनमा चारपटक औषधि खान्छु । एकदेखि डेढ घन्टा फिजियोथेराफी गर्छु । एक मिनेट पनि हातमा किताब भएन भने म छटपटाउँछु । निरन्तर पढिरहन्छु, लेखिरहन्छु । बेलुका १० बजे सुत्छु । आनन्दित मनले सपना पनि राम्रो देख्छ । म सधैँ सकारात्मक सोच्छु । अरूलाई पनि त्यही गर्न अनुरोध गर्छु ।

प्रस्तुति : सुनिता खनाल/नयाँ पत्रिका दैनीक 


प्रकाशित | २९ जेष्ठ २०७६, बुधबार ११:१२