एडिबिद्वरा हिमालयन बैंक पुरस्कृत

काठमाडौ : एशियाली विकास बैंक (एडिबि) ले हिमालयन बैंक लिमिटेडलाई ट्रेड फाईनान्स कार्यक्रम अन्तर्गत उच्चतम कारोबार गरेबापत टिएफएन अवार्ड २०१९ लिडिंग पार्टनर बैक इन नेपाल प्रदान गरेको छ । एशियाली विकास बैंकद्वारा हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको लागि उक्त अवार्ड प्रदान गरेको भन्दै बैकले गत मंगलबार सिंगापुरमा आयोजित एडिबि ट्रेड फाईनान्स प्रोग्राम अवार्ड समारोहमा बैंकका महाप्रबन्धक सुशिल जोशी र मुख्य प्रबन्धक सतीश राज जोशीले उक्त अवार्ड ग्रहण गरेको जनाएको छ । बैंकले यस पटक समेत तेश्रो पटक यो अवार्ड प्राप्त गरेको हो ।


प्रकाशित | २६ भाद्र २०७६, बिहीबार ०८:४५