आजको संसद् बैठकमा एमसीसी छलफलका लागि प्रस्तुत गरिने

काठमाण्डौ – प्रतिनिधि सभाको भोलि बिहीवारको बैठकमा अमेरिकी सहायता परियोजना मसीसी) छलफलका लागि प्रस्तुत गरिने भएको छ । संसदमा गएको आइतवार टेबल भएको एमसीसी भोलि छलफलका लागि प्रस्तुत गरिने भएको हो ।

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा ‘माननीय अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबीच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्टमाथि सामान्य छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने’ उल्लेख छ ।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पनि पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ । संसद् बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।


प्रकाशित | ११ फाल्गुन २०७८, बुधबार १९:१४