अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको अध्यक्षमा पुन: दीपक खरेल

धुलीखेल – अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको अध्यक्षमा पुन: दीपक खरेल निर्वाचित हुनु भएको छ । समाजको दोस्रो महाधिवेशनबाट स्पेन निवासी खरेल पुन: निर्विरोध निर्वाचित हुनु भएको हो ।

समाजको धुलिखेलमा सम्पन्न दोस्रो महाधिवेशनबाट उपाध्यक्षहरूमा दिनेश उप्रेती (बेल्जियम), शम्भु गौतम (यूके), सानु लामा (दक्षिण कोरिया) र सङ्गम भण्डारी (इटाली) चयन हुनु भएको छ ।

त्यस्तै, महासचिवमा मोहन बिष्ट (यूएसए), कोषाध्यक्षमा यम श्रेष्ठ (दक्षिण कोरिया) र सचिवमा सिरी सत्याल (दक्षिण कोरिया) चयन हुनु भएको छ ।  

उता मध्यपूर्व क्षेत्रीय संयोजकमा दिलकुमार लामा (युएई), यूरोप क्षेत्रीय संयोजकमा कान्छाराम बुढाथोकी (यूके), अमेरिका क्षेत्रीय संयोजकमा नवीन सापकोटा (यूएसए), एशिया प्रशान्त क्षेत्रिय संयोजकमा प्रमोद खतिवडा (अष्ट्रेलिया) र अफ्रिका क्षेत्रिय संयोजकमा चिरञ्जिीवी थापा (सिसेल्स) चयन हुनु भएको छ ।

त्यस्तैगरि, कार्यसमितिका सदस्यहरुमा विजय बस्नेत (अष्ट्रेलिया) अशोक उप्रेती (इटाली) र उद्धवराज गौतम (बेल्जियम) चयन हुनुभएको छ ।

निर्वाचन संयोजक एवं काभ्रे सेवा समाजका संस्थापक अध्यक्ष प्रह्लाद केसीले पदाधिकारीहरु निर्विरोध निर्वाचित भएको घोषणा गर्नु भएको थियो ।

अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजका संस्थापक अध्यक्ष कपिलदेव थापाले संस्थाको स्थापनाको माध्यमबाट विदेशी मुलुकमा रहेका काभ्रेलीहरुलाई संगठित गर्न सकिएकोमा खुशी ब्यक्त गर्नु भयो ।


प्रकाशित | १५ कार्तिक २०७८, सोमबार १७:१०