पाल्पामा जन्ती बोकेको जिप दुर्घटना

पाल्पा : पाल्पामा जन्ती बोकेको लु १ ज १९४१ नम्बरको जिप दुर्घटनामा परेको छ। पाल्पाका एसपी विश्वमणी पोखरेलका अनुसार निस्दी गाउँपालिका सात हुवासबाट भिरपानी तर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको हो। जिपमा कति सवार थिए भन्ने खुल्न सकेको छैन। प्रहरी टोली घटना स्थल तर्फ गएको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको खबर आएको एसपी पोखरेलले जानकारी गराउनुभयो । यथपी थप विवरण आउँन बाँकि छ ।


प्रकाशित | १६ बैशाख २०७६, सोमबार १८:२७