काठमाडौं । लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ ।
आज बिहान घरमै गाडीबाट लडेको अवस्थामा उहाँ मृत अवस्थामा फेला पर्नुभएको थियो । अहिले लामाको शव पोष्टर्माटमका लागि अस्पताल लगिएको छ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामालले चलचित्र र टेलिशृङ्खला लगायतमा धेरै लोकगीत गाउनुभएको छ । पछिल्लो समय हास्य टेलीशृङ्खला हल्का रमाइलोमा उहाँले अभिनय गर्दै आउनुभएको थियो ।
उहाँका चुइँ चुइँ चुइँकने जुत्ता, उहिले त नब्बे साल, भोलि यतिखेर, हेर्दा राम्रो, मुलाको चाना, सलल पानी, कलकत्ते काइँयो लगायत थुप्रै लोकगीत चर्चित छन् ।
यस्तै उहाँले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गर्नुभएको थियो ।
प्रकाशित | ११ फाल्गुन २०७८, बुधबार १२:०८