ओलीले जसलाई देख्यो गाली गर्दै हिँड्न थालेः वर्षमान पुन

काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल पक्षका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले बाटोमा जसलाई देख्यो उसैलाई गाली गर्दै हिँड्न थालेको टिप्पणी गर्नु भएको छ ।
सोमबार रिपोटर्स क्लब लुम्बिनीले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पुनले यस्तो बताउनु भएको हो । ओली सरकार काम चलाउ नै भएपनि प्रधानमन्त्री पदको मर्यादा कायम गर्दै सबैसँग निहुँ खोज्दै नहिँड्न उहाँले सुझाव दिनु भयो ।


प्रकाशित | १२ माघ २०७७, सोमबार १३:०३