एमसिसीको पक्षमा मतदान नगर्नेसँग सरकारमा बस्न सकिन्न : महामन्त्री थापा

चितवन –  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसिसीको पक्षमा मतदान गर्न नसक्ने सँग सरकारमा बस्न नसकिने बताउनु भएको छ । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमा सँगै बस्न नसकिने नसकिने बताउनु भएको हो ।

उहाँले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक हुने टिप्पणी गर्नु भयो । तत्कालीन नेकपा नेतृत्वको सरकारले ल्याएको प्रस्ताव वर्तमान सरकारले हुबहु सदनमा ल्याइएको जनाउँदै उहाँले नेताले पहिला सरकारमा रहँदा पनि ठिक र अहिले विरोध गर्दा पनि ठिक भन्ने  चरित्र देखाएकोमा आपत्ति जनाउनु भयो  ।

‘सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौ । तरसँगै जान्छौ भन्ने कुरा अनैतिक र अराजनीतिक विषय हुन्छ । कि यसका पक्षमा मतदान गरेरसँगै बसौं । फरक फरक ठाउँमा मतदान गर्ने भएसँगै बस्न सकिँदैन’, उहाँले भन्नु भयो ।


प्रकाशित | १० फाल्गुन २०७८, मंगलवार १६:३२