‘ढाका रन वे ब्राइडल शो’ असोज ११ गते हुँदै

काठमाडौं : बेडिङ म्यानेजमेन्ट तथा मोडलिङसम्बन्धी काम गर्दै आइरहेको ढाका इभेन्ज कम्पनीले ढाका कपडाको प्रवद्र्धन गर्ने र यसको मौलिकतालाई विश्वस्तरमा चिनाउने उद्देश्यका साथ ‘ढाका रन वे ब्राइडल शो’ को आयोजना गर्ने भएको छ । यही असोज ११ गते हुने उक्त फेसन शोमा नेपालका चर्चित डिजाइनर मनिष राई, मुक बुटिक ९मुक्ता श्रेष्ठ०, अर्बन भोग नेपाल ९प्रफुल रिजाल, भारती आचार्य, विजय गौतम, मर्सल माश्सलले आफ्नो कलेक्सन(पहिरन तथा डिजाइन देखाउने पनि आयोजकले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर जनाएको छ ।

काठमाडौंको कुपण्डोलस्थित म्याक्सिम बैंक्वेटमा हुने उक्त फेसन शोमा ३५ जना मोडलले सहभागिता जनाउने पनि आयोजकले जनाएको छ । उक्त शोमा नायिका, मोडल तथा गायिका परमिता आरएल राणा, मोडल सबिता कार्की, मिस नेपाल अश्मी श्रेष्ठ, नायिका करुणा श्रेष्ठ, नायिका तथा मोडल सिर्जना रेग्मीको विशेष उपस्थिति रहने र अन्य प्रस्तुतिहरू पनि समावेश गरिएको कम्पनीका क्रिएटिभ डाइरेक्टर अजय गुरुङले जानकारी दिए । परमीता आरएल राणा ढाका इभेन्ज कम्पनीकी ब्रान्ड एम्बेसडर पनि हुन् ।

उनका अनुसार उक्त शो जम्मा ५ घण्टा चल्नेछ । शोमा सहभागिता जनाई नेपाली ढाका कपडाको प्रवद्र्धन र ढाका प्रयोगमा प्रोत्साहनमा सहयोग गर्न पनि आयोजकले अपिल गरेको छ । उक्त शोको उद्घाटन भने नेपाली कांग्रेसकी नेतृ तथा सांसद पार्वता डिसी चौधरीले गर्ने पनि आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा आयोजकको तर्फबाट क्रिएटिभ डाइरेक्टर गुरुङसहित सीईओ रिषत रेमन, प्रवन्ध निर्देशक दीक्षा चौधरी र बजार निर्देशक आशिष श्रेष्ठको सहभागिता थियो ।


प्रकाशित | ४ आश्विन २०७६, शनिबार १२:५६