काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले मूलपानी क्रिकेट मैदानले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउनु गौरवको क्षण भएको बताउनु भएको छ ।

मेयर कार्कीले नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्द र सहयोगी टिमलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।

मेयर कार्कीले लामो समयदेखिको कागेश्वरी मनोहराबासीको सपना पूरा भएकोमा खुसी समेत ब्यक्त गर्नुृभयो । मूलपानी क्रिकेट मैदानमा एसिसी प्रिमियर कप सञ्चालनको लागि महत्वपूर्ण भूमीका खेल्नु भएको मेयर कार्कीले खेलको औपचारिक उद्घाटन गर्ने अवसर समेत पाउनु भएको थियो ।

नेपालमा भइरहेको एसिसी प्रिमियर कपअन्तर्गत शनिबार ओमान र युएईबीचको सेमिफाइनल खेल मुलपानीमा भएको थियो । यो खेलसँगै मुलपानी क्रिकेट मैदानले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो ।

क्यानका अनुसार ओमान र युएई एकदिवसीय मान्यताप्राप्त टिम भएकाले दुई टिम बीच खेल सम्पन्न भएसँगै एकदिवसीय मान्यता पाएको हो ।

यसअघि मुलपानीमा समूह चरणका १० खेल भए पनि कुनै पनि खेल एकदिवसीय मान्यता प्राप्त थिएनन्। तर शनिबार एकदिवसीय मान्यताप्राप्त दुई टिमले खेलेका थिए ।

प्रकाशित | १६ बैशाख २०८०, शनिबार २०:४०