यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ : आज जेष्ठ २५ गते शनिबारको लागि नेपाल राष्ट्र बैंक एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ८६ र ब्रिक्रीदर १११ रुपैयाँ ४६ पैसा तोकेको छ । त्यस्तै, एक युरोको खरिददर १२४ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ६० पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ९१ पैसा र बिक्रिदर १४१ रुपैयाँ ६७ पैसा रहेको छ ।


प्रकाशित | २५ जेष्ठ २०७६, शनिबार १०:५०